Logo

कोरोनाले गर्दा बलिउडलाई भारी नोक्सानी



Spread the love

१३ वैशाख, एजेन्सी । कोरोना भाइरसको कारणले गर्दा बलिउडलाई पहिला नै धेरै घाटा भईसकेको छ । भारतमा संक्रमितको सङ्ख्या बढिरहेको छ । लकडाउन लम्बाइ ३ मेसम्म पुर्याइएको छ । तत्कालको अवस्था हेर्दा लकडाउन चाँडै खुल्छजस्तो लाग्दैन । अहिले बलिउडको काम ठप्प भएको छ । चलचित्रको रिलिज डेट झन् पर सरेको छ । बलिउडको घाटा झन् धेरै बढ्ने देखिन्छ ।

कति घाटा होला बलिउडलाई ?

पहिला लकडाउनको म्याद नथपिंदै ६०० देखि ९०० करोडको घाटा हुन सक्ने बताइएको थियो तर लकडाउनको म्याद थपिएपछि १००० करोडभन्दा बढीको घाटा हुने मानिएको छ । फिल्मका समीक्षकहरुका अनुसार यदि यो लकडाउन खुल्दा बित्तिकै सिनेमा हलमा दर्शक गएपनि केही भन्न सकिंदैन ।

लकडाउन नभएको भए यो साल बलिउडको लागि गजब

कोरोनाको कारण गरिएको लकडाउनले सर्वप्रथम बाघी-३ र अंग्रेजी मिडियमलाई घाटा उठाउनु पर्यो । यी दुबैलाई १००-१५० करोड क्लबको चलचित्र मानिएको थियो । त्यसपछि सूर्यवंशी र ८३ लाई पनि निकै घाटा भयो । यी दुबै चलचित्रले १५०-२०० करोडभन्दा धेरै कमाउने अनुमान गरिएको थियो । अब हालत सामान्य हुन अगस्ट अथवा सेप्टेम्बरसम्मको समय लाग्ला र यस्तो अवस्थामा चलचित्रको व्यापारमा नराम्रोसँग असर पर्नेछ । लकडाउनको कारण आर्थिक मन्दी पनि आउन सक्दछ ।

चीनमा लकडाउन खोलेपनि सिनेमा हलमा दर्शकहरु सिनेमा हेर्न गएका थिएनन् । जसकारणले गर्दा तेस्रो दिनमा पुन: सिनेमा हल बन्द गर्नु परेको थियो । लकडाउन खुलेपछि लगत्तै फिल्म रिलिज गर्दा भारी घाटा सहनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्