Logo

दुर्गम गाउँ जहाँ उम्मेदवार नै पुग्दैनन – ४८ सालदेखि उम्मेदवार नपुगेका ठाउँ !



Spread the love

सुगम मानिने कैलालीमा दर्जनौं यस्ता दुर्गम गाउँ छन् जहाँ संसदीय चुनावमा मत माग्न उम्मेदवार गाउँ पुगेको धेरैलाई सम्झना छैन ।

जिल्लाको पहाडी क्षेत्र चुरेमा पर्ने २ दर्जनभन्दा बढी यी गाउँका बासिन्दाले अहिलेसम्म कुनै पनि चुनावमा आफुले मत दिएका उम्मेदवारलाई भेट्न पाएका छैनन् ।

पहाडी क्षेत्र पर्ने चुरे र मोहन्याल गाउँपालिकाका अधिकांश क्षेत्रमा २०४८ यताका चुनावमा उम्मेदवार मत माग्न पुगेका छैनन् ।

सविकाका ८ पहाडी गाविस मिलाएर बनेका २ गाउँपालिकाका पर्ने यी क्षेत्रबारे उम्मेदवारहरुलाई जानकारीसमेत छैन ।

४२ बर्षको भए तर चुनावमा अहिलेसम्म कुनै उम्मेदवार गाउाँमा मत माग्न आएको सम्झना छैन, साविक सुंगरखालका व्यवासयी डम्बरबहादुर साउनले भने,धेरैजसो उम्मेदवारलाई चुरे क्षेत्रकायी गाउँका विषयमा जानकारीसमेतनभएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्