Logo

भारतमा कोरोना संक्रमितको सङ्ख्या २६ हजार नाघ्यो



Spread the love

एजेन्सी । चीनको बुहानबाट सुरु भई विश्वभर फैलिएको कोरोना भाइरसले रोकिने नाम लिएको छैन । भारतमा कोरोनालाई नियन्त्रण गर्न लकडाउन गरिएको छ तर लकडाउनको बाबजुत पनि संक्रमितको सङ्ख्यामा भने कमि आएको छैन ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट २६ हजार ૪ सय ९६ जना संक्रमित भएका छन् भने ८ सय २૪ जनाको ज्यान गईसकेको छ ।

गएको २૪ घण्टामा भारतमा १ हजार ९ सय ९० नयाँ केस भेटिएका छन् भने ૪९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा १९ हजार ८ सय ६८ जनाको उपचार भईरहेको छ भने ५ हजार ८ सय ૪ जना उपचारपछि घर फर्केका छन् ।

भारतमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र प्रदेश भएको छ । त्यसपछि गुजरात, दिल्ली, राजस्थानजस्ता प्रदेशहरु बढी प्रभावित भएका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्