Logo

कोरोना अपडेट: विश्वमा कहाँ के भईरहेको छ ?



Spread the love

एजेन्सी । चीनको बुहानबाट सुरु भई कोरोना भाइरस विश्वभर फैलिएको छ । आउनुहोस् जानौँ विश्वमा कहाँ के भईरहेको छ ।

१.कोरोना भाइरसबाट विश्वभर गरी २ लाख १० हजारभन्दा बढीको ज्यान गएको छ भने ३० लाखभन्दा बढी संक्रमित भएका छन् ।
२.इरानका राष्ट्रपति हसन रुहानीले देशका केही भागमा मस्जिद खोल्ने बताएका छन् । इरानमा कोरोनाको मामिला कम देखिएपछि यो निर्णय गरिएको हो ।
३. अमेरिकाका कोलोराडो, मिस्सिसिपी, मोन्टाना, टेनेसीजस्ता प्रदेशमा लकडाउन नगर्ने बताइएको छ । अर्थशास्त्रीहरुका अनुसार लकडाउनले अमेरिकामा अझ धेरै बेरोजगार बढ्नेछ ।
४. बेलायतमा कोरोना भाइरसबाट मृत्यु भएका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको यादमा आज एक मिनेट मौन बसिनेछ ।
५. समाचार एजेन्सी रायटर्सका अनुसार इण्डोनेसियामा कोरोना भाइरसबाट २२०० भन्दा बढीको मृत्यु भएको तर आधिकारिक रुपमा थोरै देखाएको बताएको छ । इण्डोनेसियाका अनुसार इन्डोनेसियामा १० हजारभन्दा बढी संक्रमित भएका छन् भने ७६५ जनाको मृत्यु भएको छ ।
६.सिंगापुरमा दोस्रो चरणको संक्रमण सुरु भएको छ । आजसम्म सिंगापुरमा १૪ हजार संक्रमित भेटिएका छन् । सरकारले पर्याप्त रुपमा टेस्टिङ्ग गरेको छ कि छैन भनी शंका रहेको छ ।
७. न्युजिल्याण्डमा रेस्टुरेन्टहरु खुल्न थालेका छन् । आफ्ना नातेदारहरुसँग पनि भेट्न सकिन्छ । तर सार्वजनिक स्थानमा जान दिएको छैन । सामाजिक दुरी कायमै गर्न लगाएको छ ।
८. भारतमा कोरोनाबाट ९३૪ जनाको ज्यान गएको छ । गएको २૪ घण्टामा भारतमा ६२ जनाको ज्यान गएको थियो । भारतमा २९ हजार ૪३५ जना संक्रमित रहेका छन् । उपचार गरी घर फर्किनेहरुको सङ्ख्या ६८६८ रहेको छ । भारतमा महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट अत्याधिक मात्रामा प्रभावित भएको छ ।
९. अमेरिकामा कोरोना भाइरसबाट ९ लाख ८८ हजारभन्दा बढी संक्रमित भएका छन् । जोन्स होप्किङ्ग युनिभर्सिटीका अनुसार अमेरिकामा आजसम्म ५६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
१०. स्पेनमा २ लाख २९ हजारभन्दा बढी संक्रमित भएका छन् भने २३ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । अमेरिकापछि स्पेनमा अत्याधिक मात्रामा संक्रमित रहेका छन् ।
११. इटालीमा १ लाख ९९ हजारभन्दा बढी पुगेका छन् । इटालीमा २६ हजार ९७७ जनाको ज्यान गईसकेको छ । अमेरिकापछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।
१२. फ्रान्समा १ लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् भने २३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
१३. जर्मनीमा संक्रमितको सङ्ख्या धेरै भए पनि त्यहाँ मृत्युदर भने कम रहेको छ । संक्रमितको सङख्या १ लाख ५८ हजार पुग्दा मर्नेहरुको सङ्ख्या ६ हजार कटेको छ ।
१४. चीनको सबैभन्दा ठुलो सहर साङ्घाइमा स्कुल खुलेको छ । हाइस्कुल र मिडिल स्कुलका अन्तिम वर्षका विद्दार्थीहरु स्कुल जान थालेका छन् तर आशंका भने कायमै रहेको छ । चीनको बुहानमा पनि ६ मेबाट स्कुल खुला हुने बताइएको छ ।
१५. प्रधानमन्त्री बोरिस जोनसोनले बेलायत सबैभन्दा धेरै जोखिम समयमा भएको बताएका छन् ।
१६. जोन्स होप्किङ्ग युनिभर्सिटीका अनुसार विश्वभर गरी ३० लाखभन्दा बढी संक्रमित भएको र २ लाख १० हजारभन्दा बढीले ज्यान गुमाएको बताएको छ ।
१७. जर्मनीमा सार्वजनिक स्थान र अधिकांश क्षेत्रका पसलमा कपडाबाट बनेको मास्क लगाउन अनिवार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्