Logo

थप ३ जनामा कोरोना संक्रमण, जम्मा संख्या ५७ पुग्यो



Spread the love

१७ वैशाख, काठमाडाैँ – नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला भएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

बुधबार संक्रमित हुने बारा र वीरगञ्जका रहेका छन् । ती मध्ये बाराका २ जना र वीरगञ्जका १ जना रहेका छन् ।

नयाँ संक्रमित ३ जना नै दिल्लीबाट फर्किएको बताइएको छ ।

बुधबार थप ३ जनामा कोरोना संक्रमणको पुष्ट भएसँगै जम्मा संक्रमितको संख्या ५७ पुगेको छ जसमा १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्