Logo

एक दिनमा ५० लाख कोरोना टेस्ट गर्ने ट्रम्पको दाबी



Spread the love

१७ वैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एक दिनमा पचास लाख कोरोना टेस्ट गर्ने दाबी गरेका छन् ।

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा संक्रमितको सङ्ख्या अत्याधिक रहेको छ । संक्रमितको सङ्ख्या अत्याधिक हुनुको कारण एक धेरै जनसङ्ख्या हुनु र अर्को धेरै टेस्ट गरिनुलाई मानिएको छ ।

कोभिड ट्राकिङ्ग प्रोजेक्टका अनुसार अमेरिकामा गएको दुई महिनामा ५७ लाख टेस्ट गरिएको छ । आवर वल्ड इन डाटाका अनुसार अमेरिकामा प्रति हजार मानिसमा १६.३ टेस्ट गरिएको छ जुन इटालीको तुलनामा कम हो । इटालीमा प्रति हजार मानिसमा ३०.६ टेस्ट गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चाँडै नै एकदिनमा पचास लाख टेस्ट गर्ने दाबी गरेका छन् ।

रिपोर्टका अनुसार अमेरिकामा प्रत्येक दिन २ लाख टेस्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्