Logo

कोरोना अपडेट: कहाँ के भई रहेको छ ?



Spread the love

१७ बैशाख, एजेन्सी । गएको सालको डिसेम्बरको अन्त्यमा कोरोना भाइरस चीनको बुहानमा देखिएको थियो । छोटो समयमै कोरोना भाइरस विश्वभर फैलिसकेको छ । अमेरिका, इटली, स्पेन, फ्रान्स, बेलायतजस्ता देशहरु बढी प्रभावित भएका छन् । विश्वका अधिकांश देशमा कोरोनाको संक्रमणलाई कम गर्नलाई लकडाउन गरिएको छ ।

आउनुहोस् जानौँ विश्वमा के के भई रहेको छ :

१. विश्वभरमा गरी कोरोना भाइरसबाट ३१ लाख १૪ हजारभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १६ हजार भन्दा बढीको ज्यान गईसकेको छ ।

२. जोन्स होपकिङ्ग युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या १० लाखभन्दा धेरै रहेको छ ।

३. बेलायतमा बुधबारबाट केयर होम्सा भर्ती भएका सबै मानिस र कर्मचारीको टेस्ट गरिनेछ । लक्षण देखिए नदेखिएको भए पनि टेस्ट गरिनेछ ।

૪. फ्रान्समा ११ मेदेखि लकडाउनमा अांशिक रुपमा छुट दिइनेछ तर सार्वजनिक यातायत र स्कुलमा भने अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ ।

५. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा सुरक्षा किट र उपकरणको कमी भएको स्वीकार गरेका छन् । रुसमा लकडाउन १‍१ मेसम्म बढाइएको छ । रुसमा कोरोनाबाट संक्रमण हुने मानिसहरुको सङ्ख्या ९३ हजारभन्दा बढी रहेका छन् भने ८६७ जनाको ज्यान गएको छ ।

६. लगभग पाँच साता घरमा बन्द भएपछि न्युजिल्याण्डमा मानिस सामान्य जिन्दगीतिर फर्किंदै छन् । न्युजिल्याण्डमा लकडाउन लगभग सकिएको छ ।

७. भारतीय स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार देशभरमा कोरोना भाइरसबाट ३१, ३३२ जना संक्रमित भएका छन् भने १, ००७ जनाको ज्यान गएको छ । भारतमा ७, ६९५ जना निको भई घर फर्किसकेका छन् । बितेको २૪ घण्टामा भारतमा ७० भन्दा बढीको ज्यान गएको छ । भारतमा पहिलो पटक एक दिनमा यति धेरैको ज्यान गएको हो ।

८. चीनमा गएको २૪ घण्टामा एकको पनि मृत्यु भएको छैन । मंगलबार चीनमा २२ नयाँ केस देखिएका थिए जसमध्ये एक जना विदेशबाट आएका थिए । चीनमा आजसम्म ૪ हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।

९. ब्राजिलमा कोरोना भाइरसबाट मर्नेहरुको सङ्ख्या ५ हजार नाघेको छ । ब्राजिलका स्वास्थ्य मन्त्रीले गएको २૪ घण्टामा ब्राजिलमा ૪७૪ जनाको ज्यान गएको बताएका छन् । ब्राजिलमा ७२ हजार संक्रमित रहेका छन् । ब्राजिलका राष्ट्रपतिले यस महिनाको सुरुवातमा लकडाउन सकिएको भनी वकालत गर्दा उनको आलोचना भएको थियो । उनले कोरोना भाइरसलाई सामान्य फ्लू भनेका थिए ।

१०.जर्मनीमा कोरोना भाइरसबाट मर्नेहरुको सङ्ख्या ६ हजार ११५ पुगेको छ भने १ लाख ५७ हजार संक्रमित भएका छन् । छिमेकी राष्ट्रको तुलनामा जर्मनीमा कमको मृत्यु भएको हो ।

११. अमेरिकामा भियतनाम युद्धमा भन्दा बढी मरेका छन् । अमेरिकामा हालसम्म ५८ हजार ३५५ जनाको ज्यान गएको छ । दुई दशकसम्म चलेको भियतनाम युद्धमा ५८ हजार २२० जनाको ज्यान गएको थियो ।

अमेरिकाका डाक्टर एन्थोनी फोसीले अझै पनि खतरा नटारिएको र प्रभावकारी उपचारबिना आउने महिनामा अझै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्