Logo

रुसमा पीपीईको कमी- भ्लादिमिर पुटिन



Spread the love
Info about RUSSIA

१७ बैशाख, एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा पीपीईको कमी भएको बताएका छन् । उनका अनुसार प्रशस्त मात्रामा उत्पादन र आयात गर्दा पनि कमी पुरा भएको छैन ।

राष्ट्रपति पुटिनले भने, ” पहिलाको तुलनामा हामीके धेरै उत्पादन गरिरहेका छौँ तर हाम्रो अावश्यकताको हिसाबबाट अझै पनि पर्याप्त भएको छैन । उत्पादन र आयातमा वृद्धि गर्दा पनि पीपीईको कमी भएको छ ।”

उनका अनुसार रुसमा अहिले मेडिकल स्टाफका लागि हरदिन र एक लाख प्रोटेक्टिभ सुट तयार गरिएको छ । मार्चको महिनामा प्रत्येक दिन जम्मा ३ हजार प्रोटेक्टिभ सुट तयार गरिएको थियो । मास्क पनि अप्रिलको महिनामा हरदिन १० गुणा बढी बनाइएको छ । अहिले प्रत्येक दिन ८५ लाख मास्क बनाइंदै छ ।

पुटिनले अझै रुसमा कोरोना भाइरसको संक्रमण दर उच्चतम स्तरमा पुगेको छैन । त्यसैले जनताहरुले सतर्कता अपनाउनु पर्ने बताएका छन् ।

रुसमा लकडाउन ११ मेसम्म बढाइएको छ । १२ मेपछि लकडाउनमा बिस्तारै छुट दिने पुटिनले योजना बनाएका छन् । तर उनले रुसमा भाइरसको खतरा अझै पनि भएको बताएका छन् ।

रुसमा ९३ हजारभन्दा बढी कोरोनाका बिरामी रहेका छन् जसमध्ये ८६७ जनाको मृत्यु भईसकेको छ । धेरै मात्रामा कोरोना संक्रमित भएको देशहरुमध्ये रुस आठौँ देश हो ।

प्रतिक्रिया दिनुहोस्