Logo

एकै दिन २ वडाध्यक्षको निधन



Spread the love

१७ वैशाख, काठमाडाैँ – आज बुधबार एकैदिन २ जना वडाध्यक्षको निधन भएको छ ।

बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर चौधरीको आज निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)समर्थित चौधरीको उच्च रक्तचापका कारण भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिए ।

त्यसैगरी आज आगलागीमा परी गम्भीर घाइते भएका जिल्लाको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको पनि निधन भएको छ । काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

खनाल पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्