Logo

झ्यालबाट खिचेका फोटोले १० हजार पुरस्कार पाउने



Spread the love

१७ वैशाख, काठमाडाैँ – नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिता आयोजना गरेको छ । लकडाउनलाई एक पर्यटकीय उत्पादनसँग जोड्ने उद्देश्यले पर्यटन बोर्डले आयोजना गरेको हो ।

पर्यटन बोर्डले ‘झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता’ आयोजना गरेको छ । यस अन्तर्गत प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा समय सन्दर्भ मिल्ने तस्वीरहरू अनलाइनबाट पठाउन सकिनेछ। तर यी फोटो भने प्रतियोगीले लकडाउनमा घर भित्रै बसेको समयमा खिचेको हुनुपर्छ ।

पर्यटन बोर्डले बताए अनुसार आगामी जेष्ठ १८ सम्म पठाइएका फोटोहरूमात्रै प्रतियोगितामा सहभागी गराइनेछ ।

यसरी विभिन्न प्रतियोगीमध्ये उत्कृष्ट पाँचमा पर्न सफल प्रतियोगिले जनही १० हजारका दरले पुरस्कृत गरिने बोर्डले बताएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ:- https://photonepal.travel/

प्रतिक्रिया दिनुहोस्