Logo

कार्यालयमै मृत भेटिए प्रहरी जवान



Spread the love

१७ वैशाख, कैलाली – कैलालीको चुरे पहाडी क्षेत्र खिमडीस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लोकेन्द्र बोहरालाई कार्यालयमा आज बिहान मृतावस्थामा फेला पारिएको छ । सुतेकै ठाउँमा प्रहरी जवान बोहरा मृतावस्थामा भेटिनु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

गएराति खाना खाएर सुतेका बोहरालाई काम(डिउटी)मा खटाउनका लागि बिहान ब्युझाउने क्रममा मृत फेला पारिएको बस्नेतले बताउनुभयो । अछामको पायल स्थायी ठेगाना भएका २९ वर्षीय बोहरालाई पाँच महिना अघि खिमडी प्रहरी कार्यालयमा खटाइएको थियो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी टोली त्यसतर्फ गैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्