Logo

पाकिस्तानमा मृत्यु हुनेको संख्या दिन प्रतिदिन उच्च



Spread the love

१८ बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले पाकिस्तान पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको पाकिस्तान अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

पाकिस्तानमा २४ घण्टा यता ३१ जनाको संक्रमणबाट ज्यान गएको छ । जुन संख्या पाकिस्तानमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

हालसम्म पाकिस्तानमा कोरोनाबाट ३ सय ४३ जनाको मृत्यु भएको छ भने १५ हजार संक्रमित छन् । जसमा बितेको २४ घण्टामा ९ सय १३ जना थपिएका छन् । ३ हजार ४ सय निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्