Logo

रोल्पामा बम बिस्फोट, ४ बालबालिकाको ज्यान गयो



Spread the love

१८ वैशाख, काठमाडाैँ – रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बम बिस्फोट भएको छ । सो बिस्फोटमा परी ४ जना बालबालिकाको ज्यान समेत गएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गर्दै बालबालिकाको समेत ज्यान गएको बताएका छन् ।

डिएसपी गुरूङले बताए अनुसार पुरानो बम नचिनेर बालबालिकाले खेलाउँदा बिस्फोट भएको बताएका छन् ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्