Logo

भारतमा २४ घण्टा यता अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु र नयाँ रेकर्ड



Spread the love

१९ बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

भारतमा बितेको २४ घण्टामा ७५ जनाले ज्यान गुमाएका छन् । हिजो अर्थात् अप्रिल ३० तारिखमा मात्रै भारतमा ७५ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका हुन् । यो संख्या २९ तारिखको भन्दा ४ ले बढि हो ।

अहिलेसम्म भारतमा ३४ हजार ८ सय जना भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टा यता भारतमा १ हजार ८ सय भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्