Logo

खाना पकाउने ग्यासको मुल्य घट्यो



Spread the love

१९ वैशाख, एजेन्सी – भारतीय बजारमा खाना पकाउने एलपी ग्यासको मुल्य घटेको छ । भारतीय कम्पनीहरूले खाना पकाउने ग्यासको मुल्य घटाएका हुन् ।

प्रत्येक महिनाको पहिलो दिन भारतमा ग्यासको मुल्य समायोजन गर्ने गरिन्छ । सोही अनुसार भारतमा मे १ को दिन मुल्य समायोजन हुँदा ग्यासको मुल्य घटेको हो ।

नयाँ समायोजन तालिका अनुसार भारतको दिल्लीमा प्रतिसिलिण्डर ग्यासको मुल्य ५ सय ८२ कायम भएको छ भने मुम्बइमा ५ सय ७९ भारू कायम भएको छ ।

दिल्लीमा आजदेखि ग्यासको मुल्य १६२ भारु घटेको छ ।

प्रतिक्रिया दिनुहोस्