Logo

भारतमा लम्बियो लकडाउन



Spread the love

१९ वैशाख, एजेन्सी – भारतमा कोरोना रोकथामका लागि भन्दै लगाइएको लगडाउनको अवधि पुनः लम्ब्याइएको छ । कोरोनाको संक्रमण दिनप्रति दिन बढ्दै गएपछि लकडाउन पुनः २ साता लम्ब्याउने निर्णय भएको बताइएको छ ।

भारतमा दोश्रो चरणको लकडाउन यही मे ३ तारिखमा सकिँदै थियो तर अब २ हप्ता पुन भारत लकडाउन कायम हुनेछ ।

भारतमा पहिलो पटक मार्च २५ तारिखमा ३ साता लामो लकडाउन घोषणा भएको थियो भने पछि दोश्रो चरणमा पनि लकडाउन घोषणा गरिएको थियो ।

भारतमा अहिलेसम्म करीब ३५ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १ हजार भन्दा बढीको मृत्यु समेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्