Logo

अमेरीकामा कोरोना संक्रमण तीव्र रूपमा, मृत्यु हुनेको संख्या झन् उच्च



Spread the love

२१ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार ६ सय ९७  जनाको मृत्यु भएको छ । यो संख्या मे २ को भन्दा २ सय कम हो । त्यसैगरी एकैदिन २८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ६७ हजार ४ सय जनाको मृत्यु भैसकेको छ भने ११ लाख ५९ हजार संक्रमित छन् । एक लाख ६० हजार निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्