एजेन्सी । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको छ । गैरसैन्य क्षेत्रमा आइतबार बिहान उत्तर कोरियाली सैनिकले गोली चलाएपछि दक्षिण कोरियालले जवाफी फायर गरेको एएफपीले जनाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएको एक दिनपछि कोरियाली दुई देशका सैनिकबीच गोली हानाहान भएको हो । अहिलेसम्म उत्तर कोरियाले किन गोली प्रहार गर्यो भन्ने खुलेको छैन ।
पछिल्लो पाँच वर्षमा उत्तर कोरियाले दक्षिण कोरियामाथि पहिलोपटक गोली प्रहार गरेको हो । पछिल्लो दुई वर्षयता उत्तर र दक्षिण कोरियाबीचमा सीमा क्षेत्रमा शान्ति स्थापनाको प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्