Logo

जेठ १० गतेसम्म लकडाउन लम्ब्याउने



Spread the love

२२ वैशाख, काठमाडाैँ – कोरोना भाइरसको संक्रमण दिनप्रति दिन फैलिन थालेसँगै रोकथामका लागि गरिएको लकडाउनमा कडाइ गरिएको छ । हिजो मात्र नेपालगन्जमा १५ जना कोरोना संक्रमणको पुष्टि भएसँगै नेपाल सरकारले अझ लकडाउन लम्ब्याउने तयारी गरेको छ ।

बैशाख २५ गते सम्म लम्ब्याएको लकडाउन कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्।

मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्