Logo

भारतमा एकै दिन ४ हजार कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या अहिलेसम्म कै धेरै



Spread the love

२३ बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ ।

भारतमा बितेको २४ घण्टामा १ सय ७५ भन्दा बढीले ज्यान गुमाएका छन् । हिजो अर्थात् मे ४ तारिखमा मात्रै भारतमा १ सय ७५ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका हुन् । यो संख्या मे ३ तारिखको भन्दा दोब्बरले बढी हो ।

अहिलेसम्म भारतमा ४६ हजार ४ सय जना भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण १ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टा यता भारतमा करीब ४ हजार कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्