Logo

क्वारेन्टाइनमा टिकटक बनाउने विरूद्ध मुद्दा दर्ता



Spread the love

२३ बैशाख, एजेन्सी – क्वारेन्टाइनमा टिकटक बनाएको भन्दै ७ जना विरूद्ध मुद्दा दर्ता गरिएको छ ।

भारतको ओडिशा स्थित भद्रक जिल्लाकाे तिहाडीमा बनाइएकाे क्वरेण्टाइन सेन्टरमा रहेका ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएकाे हो ।

टिकटक बनाउने क्रममा क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने सामाजिक दुरीको नियम उल्लंघन गरेको भन्दै उनीहरू विरूद्ध स्वर्णमयी सेनाले मुद्दा दर्ता गराएका हुन् ।

क्वारेन्टाइनमा भिडियो बनाउने विरूद्ध मुद्दा दर्ता भएपछि अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्