Logo

भारतमा कोरोनाको कहर बढ्दै, एकैदिनमा १९५ जनाको मृत्यु



Spread the love


एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोनाको कहर बढेको छ । गएको २४ घण्टामा भारतमा १९५ जनाको ज्यान गएको छ भने ३९०० जना संक्रमित भएका छन् । भारतमा कोरोनाबाट १ हजार ५६८ जनाको ज्यान गएको छ भने ४६ हजार ४३३ जना संक्रमित भएका छन् । १२ हजार ७२८ जना निको भई घर फर्किसकेका छन् ।

भारतमा ४ दिनमै धेरै सङ्ख्यामा संक्रमित भएका छन् । ३० अप्रिलसम्म भारतमा संक्रमितको सङ्ख्या ३३ हजार ६१० थियो । मे ५ सम्म आइपुग्दा बढेर ४६ हजार ४३३ पुगेको छ । ४ दिनमै करिब १३ हजार नयाँ केस भेटिएको छ ।

संक्रमित र मर्नेहरुको सङ्ख्या बढे पनि निको हुनेहरुको सङ्ख्या बढेकाे हुनाले राहत मिलेकाे छ । कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । महाराष्ट्रमा अहिलेसम्म १४ हजार ५४१ केश फेला परेका छन् भने ५८३ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रपछि गुजरात, दिल्ली, मध्यप्रदेश बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्