Logo

भारतमा कोरोनाः संक्रमित र मृत्यु हुनेको संख्यामा केही कमी



Spread the love

२४ बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा केही कमी देखिएको छ ।

भारतमा बितेको २४ घण्टामा १ सय २७ भन्दा बढीले ज्यान गुमाएका छन् । हिजो अर्थात् मे ५ तारिखमा मात्रै भारतमा १ सय २७ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका हुन् । यो संख्या मे ४ तारिखको भन्दा लगभग ५० ले कमी हो ।

अहिलेसम्म भारतमा ४९ हजार ४ सय जना भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टा यता भारतमा करीब ३ हजार कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्