Logo

अमेरीकामा मृत्यु हुनेको संख्या दिन प्रतिदिन उच्च



Spread the love

२४ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरीकामा गत २ दिन लगातार कम रहेको मृत्यु हुनेको संख्या पुनः बढेको छ । अमेरिकामा २४ घण्टा यता २ हजार ३ सय २९  जनाको मृत्यु भएको छ । यो संख्या मे ४ को भन्दा दोब्बर बढी हो । त्यसैगरी एकैदिन २४ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ७२ हजार २ सय ५० जनाको मृत्यु भएको छ भने १२ लाख ३७ हजार भन्दा बढी संक्रमित छन् । १ लाख ९९ हजार ८ सय ४ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्