Logo

लकडाउन मै पिकनिक आयोजना गर्न दिइने



Spread the love

२४ बैशाख, एजेन्सी – कोरोना भाइरसबाट प्रभावित मध्ये एक मुलुक बेलायतले आफ्ना नागरिकलाई पार्कमा पिकनिक आयोजना गर्न दिने भएको छ ।

कोरोना रोकथामका लागि भन्दै लागु गरिएको लकडाउनले नागरिकमा अन्योलताका साथै मानसिक तनाव सिर्जना गरेको भन्दै मन्त्रीहरूले आफन्तसँग पार्कमा पिकनिक आयोजना गर्न तथा सिमित भेटघाट गर्न दिनेबारे प्रस्ताव गरेको जानकारी दिइएको छ ।

बेलायतले लकडाउन खुकुलो बनाउने बारे पनि सोचिरहेको जानकारी दिइएको छ ।

बेलायतमा हालसम्म १ लाख ९४ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् भने २९ हजार ४ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्