Logo

अमेरिकामा मृत्यु हुनेको संख्या दिन प्रतिदिन उच्च



Spread the love

२५ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता २ हजार ४ सय ९७  जनाको मृत्यु भएको छ भने २४ हजार नयाँ संक्रमित थपिएका छन् ।  हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या बढेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । जुन उच्चबिन्दु रहेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ७४ हजार ७ सय ६८ जना पुगेको छ भने १२ लाख ६२ हजार संक्रमित छन् । २ लाख ६ हजार २ सय ३ निको भएर घर फर्किए ।

प्रतिक्रिया दिनुहोस्