Logo

अन्ततः कोरोना विरूद्ध डिबालाको जीत



Spread the love

२५ बैशाख, एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्टार स्ट्राइकर पाउलो डिबाला कोरोना भाइरसबाट मुक्त भएका छन् ।

बुधबार कोरोना परीक्षण गर्दा उनमा नेगेटिभ रिपोर्ट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

डिबालाको हालको क्लब युभेन्टसले पनि उनी अन्ततः कोरोनाबाट मुक्त भएको र अब होम आइसोलेसनमा बस्नु नपर्ने जानकारी दिएको छ ।

स्टार डिबाला मार्च २१ देखि कोरोनासँग लड्दै आएका थिए । डिबाला र उनकी प्रेमीका ओरियानामा एकै पटक कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्