Logo

भारतमा तीव्र रूपमा फैलिँदै कोरोना, मृतकको संख्या पुनः बढ्यो



Spread the love

२६ बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको छ ।

भारतमा बितेको २४ घण्टामा १ सय ४ भन्दा बढीले ज्यान गुमाएका छन् । हिजो अर्थात् मे ७ तारिखमा मात्रै भारतमा १ सय ४ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका हुन् । यो संख्या मे ६ तारिखको भन्दा १२ ले कमी हो ।

अहिलेसम्म भारतमा ५६ हजार ३ सय जना भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण १ हजार ८ सय ८९ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टा यता भारतमा करीब ३३ सय कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्