Logo

अमेरीकामा कोरोना : मृत्यु हुनेको संख्यामा कमी, निको भएर घर फर्किनेको संख्या उच्च



Spread the love

२६ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता २ हजार १ सय २६  जनाको मृत्यु भएको छ भने २९ हजार नयाँ संक्रमित थपिएका छन् ।  हिजोको तुलनमा आज मृत्यु हुनेको संख्यामा केही कमी देखिएको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । जुन उच्चबिन्दु रहेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ७६ हजार ९ सय २५ जना पुगेको छ भने १२ लाख ९२ हजार संक्रमित छन् । २ लाख १७ हजार २ सय १४ निको भएर घर फर्किए ।

अमेरीकामा दैनिक ४० हजारको हाराहारिमा कोरोना संक्रमित निको भएर घर फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्