Logo

भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ५६ हजार नाघ्यो



Spread the love

एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोनाको कहर बढ्दै गएको छ । ३० अप्रिलसम्म भारतमा करिब ३३ हजार संक्रमित भएका थिए । मेको सुरुवाती ७ दिनमा नै बढेर ५६ हजार नाघेको छ । यानेकी गएको ७ दिनमा २३ हजार नयाँ केस भेटिएका छन् ।

३० अप्रिलसम्म १०७५ जनाको ज्यान गएको थियो । अहिले बढेर १८८६ पुगेको छ । यानेकी गएको ७ दिनमा ८०० मानिसको मृत्यु भएको छ । खुशीको कुरा कोरोनाबाट निको हुनेहरुको सङ्ख्या पनि तिव्र गतिले बढिरहेको छ । ३० अप्रिलसम्म ८ हजार मानिस निको भएका थिए भने अहिले १६ हजारभन्दा बढी निको भइ घर फर्किसकेका छन् ।

भारतीय स्वास्थ्य विभागले शुक्रबार सार्वजनिक गरेको आंकडा अनुसार देशमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ५६ हजार ३४२ पुगेको छ भने १८८६ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा भारतमा ३३९० नयाँ केस भेटिएका छन् भने १०३ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी संक्रमित महाराष्ट्र प्रदेश भएको छ । महाराष्ट्र प्रदेशमा ६९४ जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार ९७४ जना संक्रमित भएका छन् । महाराष्ट्रपछि गुजरात, दिल्ली, राजस्थानजस्ता प्रदेशहरु बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्