Logo

थप १ जना कोरोना संक्रमित भेटिए, जम्मा संख्या १०२ पुग्यो



Spread the love

२६ बैशाख, काठमाडाैँ – नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो ।

मन्त्रालयले जनाए अनुसार नेपालगञ्जका १६ वर्षिय पुरूषमा कोरोना भाइरसको संक्रमण भएको हो ।

नेपालमा शुक्रबार भेटिएका संक्रमित सहित जम्मा संख्या १ सय २ पुगेको छ । जसमा ३० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्