Logo

ला लिगा सुरू हुने तयारी हुँदै गर्दा ३ जना खेलाडीमा कोरोना संक्रमण



Spread the love

२६ बैशाख, एजेन्सी – स्पेनिस ला लिग खेल्ने ३ जना खेलाडीमा कोरोना भाइरस पोजेटिभ भएको बताइएको छ । क्याटलान प्रसारण माध्या आरएसी 1 का अनुसार शीर्ष लिग खेल्ने ३ जना खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्पेनिस लिगले केही हप्तापछि बाँकी रहेका लिगका खेल सुरू गर्ने तयारी गर्दै गर्दा खेलाडिमा कोरोना संक्रमणको समाचार आएको छ ।

अन्य रिपोर्टको प्रतिक्षा गर्दै कुन क्लबका कुन खेलाडीलाई कोरोना संक्रमण भएको भन्ने खुलाइएको छैन ।

लिग सुरू हुने भन्दै लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले प्रशिक्षण थालिसकेको छ । यता खेलाडीमा नै कोरोना संक्रमणको समाचारले लिगमा अर्को मोड लिने समेत आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्