Logo

डब्ल्यूएचओ बारेमा छिट्टै घोषणा गर्नेछु– ट्रम्प



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन बारेमा छिट्टै घोषणा गर्ने बताएका छन् ।

फक्स न्यूजसँगको अन्तरवार्ताम बोल्दै ट्रम्पले भने, ‘डब्ल्यूएचओ चीनको कठपुतली बनेको छ । चीनले गरेका हर काम सही हुन्छन् । मलाइ विश्वास थिएन कि डब्ल्यूएचओ यति असक्षम हुनेछ । म चाँडै नै यस बारेमा घोषणा गर्नेछु ।’ 

ट्रम्पले डब्ल्यूएचओलाई चीनको साथ दिएको आरोप बारम्बार लगाउँदै आएका छन् । डब्ल्यूएचओले चीनलाई सपोर्ट गरेको भनी उनले डब्ल्यूएचओलाई दिने अनुदान कतौटी गर्ने जनाएका थिए । प्रत्येक वर्ष अमेरिकाले डब्ल्यूएचओलाई ५०० मिलियन डलर दिंदै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्