Logo

चीनबाट आउने पत्रकारको लागि अमेरिकाद्धारा नयाँ भिजा नियम जारी



Spread the love

एजेन्सी । अमेरिकाले चीनबाट आउने पत्रकारहरुको लागि शुक्रबार नयाँ भिजा नियम जारी गरेको छ । अमेरिकाले चीन गएका अमेरिकी पत्रकारहरुलाई गरेको व्यवहारको जवाफमा यस्तो कदम उठाएको बताएको छ ।

मे महिनामा अमेरिका र चीन दुबैले त्यहाँ जाने पत्रकारलाई कारबाही गरेका थिए । मार्चमा चीनले केही अमेरिकी पत्रकारहरुलाई देश छाड्नको लागि आग्रह गरेको थियो । ती पत्रकारहरु अमेरिकी अखबारको लागि चीनमा काम गर्दथे ।

चीनले वाल स्ट्रीट जर्नलका तीन पत्रकारहरुलाई निष्काशित गरेको थियो, जसमा दुई अमेरिकन र एक अष्ट्रेलियन पत्रकार थिए । यहीं विषयमा वाल स्ट्रीट जर्नलले एउटा दमदार लेख लेखेकाे थियाे । साेही लेखलाई चीनले नश्लीय संज्ञा दिएकाे थियाे ।

शुक्रबार नयाँ नियम जारी गर्दै अमेरिकाका सेक्युरिटी डिपार्टमेन्टले चीनमा स्वतन्त्र पत्रकारितामा दमन भइरहेको हुनाले नयाँ नियम बनाएकाे जनाएका छन् । नयाँ सोमबारदेखि लागू हुने छ । नयाँ जारी गरिएको नियम अनुसार चीनबाट आउने पत्रकारहरुलाई ९० दिन बस्नैपर्ने इजाजत दिइनेछ । तर, भिजाको समयावधि बढाउने अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्