Logo

भारतमा तीव्र रूपमा फैलिँदै कोरोना, २ हजार बढीको मृत्यु



Spread the love

२८ बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको छ ।

भारतमा बितेको २४ घण्टामा १ सय १६ जनाले ज्यान गुमाएका छन् । हिजो अर्थात् मे ८ तारिखमा मात्रै भारतमा १ सय १६ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका हुन् । यो संख्या मे ८ तारिखको भन्दा २० ले बढी हो ।

अहिलेसम्म भारतमा ६२ हजार ८ सय जना भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण २ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टा यता भारतमा करीब ३१सय कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्