Logo

गच्छदारलाई पार्टी एकीकरणले राहत



Spread the love

लगातार २६ वर्षदेखि जित्दै आएका कांग्रेस नेता विजयकुमार गच्छदार ‘सगर्व’ भन्छन्, ‘मैले हजारौं व्यक्तिलाई सरकारी जागिर लगाइदिएको छु, मेरो निर्वाचन क्षेत्रमा धेरै विकास गरेको छु ।

मैले २५ वर्ष जनताको सेवामा बिताएको छु । त्यसैले मलाई मतदाताले माया गर्नुहुन्छ ।’

२०४८ देखि हरेक निर्वाचनमा विजयी गच्छदार सातौं पटक निर्वाचनमा प्रतिस्पर्धामा छन् । उनले आफ्ना क्षेत्रमा व्यापक विकासका काम गरेकाले कसैले पराजित गर्न नसक्ने दाबी गरे ।

वाम गठबन्धनबाट एमाले उम्मेदवार भगवती चौधरी दोस्रोपटक गच्छदारसँग प्रतिस्पर्धा गर्दै छिन् । उनी लघुवित्त संस्था सञ्चालक पनि हुन् । उनको लघुवित्तको जालो गाउँगाउँ फैलिएको छ ।

कांग्रेस उम्मेदवार गच्छदार आफूलाई भावी प्रधानमन्त्री र पार्टी उपसभापति दाबी गर्दै भोट मागिरहेका छन्, अघिल्लो चुनावमा उनैसँग पराजित वाम गठबन्धन उम्मेदवार एमालेकी चौधरी फेरि प्रतिस्पर्धामा छिन् भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्