Logo

भारतमा ६ दिनमै २० हजार कोरोना संक्रमित बढे



Spread the love


एजेन्सी । भारतमा कोरोना संक्रमण बढिरहेको छ । ३ मेमा कोरोनाको कुल मामिला करिब ४० हजार थियो र ६ दिनमा यो आंकडा बढेर ६० हजार पुगेको छ ।

शनिबार कोरोनाबाट ३११७ जना संक्रमित भएका छन् । यससँगै भारतमा कोरोना संक्रमणको संख्या ६२ हजार ९१५ पुगेको छ । शनिबार मात्र भारतमा ११३ जनाको ज्यान गएसँगै मर्नेहरुको संख्या २१०९ पुगेको छ । राहतको कुरा भारतमा १९ हजार ३५८ जना बिरामी निको भइ घर फर्केका छन् ।

कोरोनाबाट महाराष्ट्र, गुजरात, दिल्ली, नमिल नाडु, उत्तर प्रदेशजस्ता प्रदेशहरु बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्