Logo

चीनविरुद्ध बोल्दा अष्ट्रेलियालाई पर्यो महंगो



Spread the love


एजेन्सी ।
कोरोना भाइरसको महामारीको असर विश्वभरका देशको आपसी सम्बन्धमा पनि नराम्रोसँग परेको छ । चीन र अष्ट्रेलियाको द्धिपक्षीय सम्बन्धमा पनि दरार उत्पन्न भएको छ । दुबै देशमा राजनीतिक हलचल भइरहेको छ ।

अष्ट्रेलियाले सुरुमा कोरोना भाइरस चीनको बुहानबाट उत्पन्न भएको भनी जाँच गर्नको लागि जोडले माग गरेको थियो । चीनले यस विषयमा आपत्ति जनाउँदै आएको थियो । चीनले जौँको आयातमा भारी शुल्क लगाउने विचार गरेको छ ।

अष्ट्रेलियाका वाणिज्य मन्त्री सिमोन बर्मिंगमले आइतबार चीनले जौँको आयातमा लगाएको भारी शुल्क बारेमा बोल्दै भने, “अष्ट्रेलियाबाट जौँ आयातमा चीनले भारी शुल्क लगाउने रिपोर्ट सरकारको लागि चिन्ताको विषय बनेको छ ।”

अष्ट्रेलियाको लागि चीन जौँको सबैभन्दा ठुलो आपूर्तिकर्ता हो । एक सालमा अष्ट्रेलियाले चीनलाई १.५ देखि २ अर्ब अष्ट्रेलियन डलर बराबरको जौँ निर्यात गर्दछ ।

ष्ट्रेलियाको लागि चिनी राजदूतले पछिल्लो महिनामा चीनी उपभोक्ताले अष्ट्रेलियाको बफ, वाइन, पर्यटन र यूनिभर्सिटीको बहिष्कार गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्