Logo

पाकिस्तानमा फेरी लम्बियो लकडाउनको अवधि



Spread the love

एजेन्सी। पाकिस्तानमा जारी लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थपिएको छ । मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर, सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्