Logo

बजेटमा पर्यटन उच्च प्राथमिकतामा



Spread the love

२८ बैशाख, काठमाडाैँ – सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा पर्यटन क्षेत्रको उच्च प्राथमिकता दिने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७७ को सिद्धान्त तथा प्राथमिकतामा पर्यटनलाई उच्च प्राथमिकता दिइने उल्लेख छ ।

कोभिड–१९ को महामारीबाट मुलुकको समग्र अर्थतन्त्र कमजोर बनेको र विशेषगरी पर्यटन क्षेत्र धराशयी अवस्थामा पुगेको अहिलेको परिस्थितिमा सरकारले पर्यटन उद्योगलाई उकास्ने गरी बजेट ल्याउने तयारी गरेको हो । अर्थमन्त्री खतिवडाले आगामी बजेटमा होटल, रेस्टुरेन्ट, एयरलाइन्स, ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायत सम्पूर्ण पर्यटन क्षेत्रको पुनरुत्थानलाई उच्च प्राथमिकता दिइने बताए ।

उनले पर्यटन गन्तव्य र वस्तुलाई विविधीकरण गर्नाका साथै पर्यटन पूर्वाधारको विस्तार गरिनेतर्फ बजेट केन्द्रित हुने उल्लेख गरे । विमानस्थल निर्माण र स्तरोन्नतिको कार्य अगाडि बनाइनेछ । आन्तरिक पर्यटन र संरक्षित क्षेत्र लक्षित पर्यटनका माध्यमबाट ग्रामीण उद्यम र स्थानीय उत्पादन वृद्धिलाई जोड दिइने अर्थमन्त्री खतिवडाको भनाइ छ । भाषा, साहित्य, कला र संस्कृतिको संवर्द्धन संवर्द्धनमा पनि बजेटमा आवश्यक कार्यक्रम समावेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्