Logo

भारतमा संक्रमितको सङ्ख्या तिब्र



Spread the love


एजेन्सी । छिमेकी राष्ट्र भारतमा संक्रमितको सङ्ख्या तिब्र रुपले बढेको छ । एकैदिनमा भारतमा ४, २१३ संक्रमित भेटिएका छन् भने ९७ जनाको ज्यान गएको छ । यससँगै भारतमा ६७ हजार १५२ जना संक्रमित भएका छन् भने २, २०६ जनाको मृत्यु भएको छ ।

भारतमा २० हजारभन्दा बढी बिरामी निको भइ घर फर्केका छन् । भारतमा मे महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ३३ हजारको आसपास थियो । अहिलेसम्म आउँदा ६७ हजार कटिसकेको छ ।

महाराष्ट्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । पाँच बढी प्रभावित प्रदेशमा कति संक्रमित, कति मृत्यु ?

महाराष्ट्र– २२, १७१ संक्रमित, ८३२ मृत्यु

गुजरात– ८, १९४ संक्रमित, ४९३ मृत्यु

तमिलनाडु– ७, २०४ संक्रमित, ४७ मृत्यु

दिल्ली– ६, ९२३ संक्रमित, ७३ मृत्यु

राजस्थान– ३, ८१४ संक्रमित, १०७ मृत्यु

प्रतिक्रिया दिनुहोस्