Logo

मुुलुकभर चुनावी माहौल तर किन सुनसान छ सोलुखुम्बुको तिङ्ला ?



Spread the love

मुलुकभर प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गए पनि सोलुखुम्बुको तिङ्ला क्षेत्र सुनसान देखिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकामा समावेश हुन पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका तिङ्ला क्षेत्रम कुने पनि दलका उम्मेदवार चुनावी प्रचारप्रसारका लागि पुगेका छैनन् । 

चुनावमा को उम्मेदवार भए, कसले जित्छ, कसले हार्छ भन्ने केही चर्चा छैन तिङ्लामा ।

स्थानीय तहको चुनावमा नो भोट नो क्यन्डिडेट अभियान चलाएका उनीहरु प्रदेश र प्रतिनिधिसभा चुनाव पनि बहिष्कारको पक्षमा छन् ।

जिल्लाको सिफारिस विपरित स्थानीय तह बनाईएपछि तिङ्लाबासी आन्दोलित छन् ।

तिङलाबासीहरु अझै तिङ्लालाई सोलुदुधकुण्ड नगरपालिकामा समावेश गर्नुपर्ने माग गर्दै नो भोट नो क्यान्डिडेट अभियानमा छन् भन्ने खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्