Logo

सबै कर्मचारीको कोरोना बीमा गरिने



Spread the love
फाइल तस्बिर

३१ बैशाख, काठमाडाैँ – नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएमा रु एक लाख बराबरको जीवन बीमाको तयारी गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारीसहित) लाई कोरोना संक्रमणको पुष्टि भएका कर्मचारीलाई बीमा व्यवस्थाको प्रक्रिया अघि बढाइने निर्णय गरेको हो ।


निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमका सबै कार्यालयमा कार्यरत कर्मचारी, पेट्रोलियम पदार्थको कार्य गर्ने कामदार, कर्मचारी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा ग्यास बुलेटका चालक तथा सहचालक, निगमका बिक्रेता, बोटलिंक प्लान्टका कर्मचारीसमेतको प्राथमिकताका आधारमा कोरोना परीक्षणका लागि सम्बन्धित निकायमार्फत व्यवस्थापन गर्नेलगायत छ बुँदे निर्णय भएको जानकारी दिए ।


त्यस्तै सरकारी तथा सहकारी क्षेत्रबाट सञ्चालन भएका बिक्रेताबाहेक अन्य बिक्रेतालाई बारअनुसार जिल्ला निर्धारण गरी हप्तामा एक पटक पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने, निगमको डिपो सञ्चालन कम्तीमा एक तिहाइ कर्मचारीमार्फत गर्ने र एक तिहाइ कर्मचारीलाई जगेडामा राख्ने निर्णय गरिएको छ । यसैगरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी चालक तथा सहचालकका साथै प्रत्येक ट्यांकरलाई मानव बस्तीभन्दा टाढा खुला स्थानमा राख्ने र सबै कार्यालयमा कीटाणुनाशक टनेल तथा गेट बनाई प्रयोग गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्