Logo

सर्वोच्च अदालतका ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदित



Spread the love

sarbochcha adalat

संसदीय सुनुवाई विशेष समितिको आजको बैठकले  सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

अनुमोदन हुनेमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन् । वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्लको नाम पनि समितिले सुनुवाइपछि अनुमोदन गरेको छ ।

हरिकृष्ण कार्की एमालेबाट बार अध्यक्ष हुँदै केपी ओली सरकारको महान्यायाधिवक्ता बनेका थिए । तेसै गरी सपना मल्ल प्रधान एमालेका पूर्व सभासद हुन्।
कार्यकाल र उमेर हदका हिसाबले प्रस्तावित न्यायाधीश श्रेष्ठ तथा वरिष्ठ अधिवक्तात्रय कार्की, राउत र मल्ललाई प्रधानन्यायाधीशको सम्म जिम्मेवारी मिल्ने देखिएको छ ।
अब संसदीय विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्