Logo

देश कोरोनाको कहरमा, सरकार एमसीसी पास गराउने रहरमा



Spread the love

३ जेठ, काठमाडाैँ – सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा एमसीसी आयोजना समेट्दै संसदको चालु अधिवेशनबाट पारित गर्ने संकेत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको २११ औं बुँदामा ‘लप्सीफेदी–राटमाटे, हेटौंडा र लप्सीफेदी–राटमाटे–दमौली–बुटवल ४ सय केभी प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ ।’ भनि उल्लेख गरिएको छ । जुन एमसीसी अन्तर्गतको प्रसारण लाइन हो ।

कुल ३१२ किलोमिटर लामो यो प्रसारण लाइनका लागि नेपालले १३ करोड डलर र अमेरिकीले ५० करोड डलर अनुदान दिने बताइएको छ ।

यसै अधिवेशनबाट पारित नहुँदा अमेरिकाले योजनाबाट हात झिक्ने सम्भावना रहेकाले कोभिड–१९ को तनावकाबीच यसको लबिङमा लागेको एमसीए नेपाल बोर्डका एक सदस्यको भनाइ छ ।

संसदबाट सम्झौता अनुमोदन गराएर १७ असारदेखि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्