Logo

कोरोना बाबजुद खेलिएको खेलमा डर्टमण्डको शानदार जीत



Spread the love

३ जेठ, एजेन्सी – जर्मन लिग बुण्डेसलिगामा डर्टमण्डले ४–० को शानदार जीत निकालेको छ । कोरोना भाइरसको त्रासका बाबजुद खेलिएको खेलमा डर्टमण्डले शाल्के विरूद्ध ४–० को जीत निकालेको हो ।

डर्टमण्डका लागि २० वर्षिय एर्लिङ हल्याण्ड र थ्रोगन हाजार्डले १/१ गोल गर्दा राफाएल गुरेरको नाममा २ गोल रह्यो ।

घरेलु मैदानमा खेलिएको खेलमा डर्टमण्डका लागि हल्याण्डले २९ मिनेटमा सुरूवाती अग्रता दिलाएका थिए ।

शनिबारको खेलमा जित निकाल्दै डर्टमण्ड अंक तालिकाको दोश्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको बायर्नभन्दा एक खेल बढी खेलेको डर्टमण्ड ५४ अंक सहित दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्