Logo

नेपालमा कोरोना संक्रमित ३७५ पुगे, कर्णालीमा पनि देखियो



Spread the love
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको विज्ञप्ति

५ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ३७५ पुगेको छ । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका छन् ।

कर्णाली प्रदेशमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । कर्णाली प्रदेशको दैलेख जिल्ला आठबीस नगरपालिकाका ३५ वर्षीय १ पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले पुष्टि गरेका छन् ।

देशका सात प्रदेश मध्य कर्णाली प्रदेशमा मात्रै अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्