Logo

अतिक्रमित भूभागसहितको नेपालको नयाँ नक्सा सार्वजनिक



Spread the love

७ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ ।

बुधबार भूमि व्यवस्थमन्त्री पदमा अर्यालले पत्रकार सम्मेलन गरेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

नेपालको नयाँ नक्सा

यसअघिको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर थियो । अतिक्रमित भूभाग समेटेर बनाइएको नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३ सय ३५ वर्गकिलोमिटर रहेको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्