Logo

कालिमाटीका सबै प्रहरी क्वारेन्टाइनमा



Spread the love

काठमाडौं । कालिमाटीका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि करिब १५० प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र काठमाडौं प्रहरी परिसर, टेकुबाट एक सय जनाको प्रहरी सहयोगको लागि पठाएको छ ।

कोरोना संक्रमित प्रहरी अधिकृतहरुलाई सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्