Logo

रुसमा कोरोना संक्रमितको संख्यामा कमी



Spread the love

एजेन्सी । रुसमा कोरोना संक्रमितको संख्या घटेको छ । बितेको २४ घण्टामा रुसमा कोरोना भाइरसबाट ८, ७६४ संक्रमित थपिएका छन् भने १३५ जनाको ज्यान गएको छ । २ मेपछि पहिलो पटक संक्रमितको संख्या घटेको हो ।

रुसमा हरदिन औषतमा दश हजार केस आइरहेका थिए ।
रुसमा कोरोनाबाट संक्रमितको संख्या बढेर ३ लाख ८ हजार ७०५ पुगेको छ । यसका साथै रुसमा कोरोनाबाट २, ९७२ जनाले ज्यान गुमाइसकेका छन् ।

रुसमा संक्रमितको संख्या बढी भए पनि मृत्युदर भने कम रहेको छ । संक्रमणमा अमेरिकापछि दोस्रो स्थानमा रुस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्